ब्राजिलमा एकै दिनमा कोरोना भाइरस (कोभिड–१९)को ६ हजार ४६२ जना नयाँ सक्रिमित भेटिएका छन्। योसँगै त्यहाँ संक्रमितकाको संख्या ७९ हजार ३६१ पुगेको छ।
त्यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ४ सय ४८ जनाको मृत्यु भएसँगै त्यहँ मृत्यु हुनेको संख्या ५ हजार ५१५ पुगेको छ।
ब्राजिलमा संक्रमितमध्ये ३४ हजार १३२ जना उपचारपछि निको भएका छन्। ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ भने ३९ हजार ७१८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।