नेपालगञ्ज उद्योग वाणिज्य संघले कोभिड–१९ का कारण उद्योगव्यवसायमा पर्न गएको प्रभाव मूल्याङ्कन गर्दै राहत कार्यक्रम घोषणा गर्न सरकारसंँग माग गरेको छ।
संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बुधबार बसेको संघको बैठकले क्षतिका आधारमा वर्गीकरण गरी राहत कार्यक्रम घोषणा गर्न माग गरेको हो।
बैठकले बन्द भएका उद्योग र व्यावसायिक संस्थालाई २०७६ चैतदेखि २०७७ असार मसान्तसम्म बैंक ब्याज मिनाहा गर्नेलगायत माग गरेको अध्यक्ष मन्सुरी र महासचिव चिरञ्जीवी ओलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। त्यस्तै विद्युत् कार्यालयले लिने डिमाण्ड शुल्क उद्योगलाई मिनाहा गर्न सरकारसँग माग गरिएको छ। (रासस)