काठमाडाैं - जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई ‘अपहरण’ गरेको भन्दै नेकपा सांसदद्धय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्।
बुधबार आयोग कार्यालय पुगेका डा. यादवले सदस्य प्रकाश वस्ती र मोहन अन्सारीसँग भेट गरी उजुरी पत्र दिएका हुन्। यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले जनता समाजवादी पार्टीले र प्रहरी परिसर टेकुले नेकपा सांसदद्धय बस्नेत, श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक खनालविरुद्ध उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो।
सरकारी शक्तिको आडमा आफ्ना सांसद यादवलाइ गत बुधबार बैशाक १० गते महोत्तरीस्थित घरबाटै अपहरण गरि काठमाडौं ल्याइएको जनता समाजवादी पार्टीले आरोप लगाउँदै आएको छ। यता नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले भने सांसद यादव आफ्नै खुसीले काठमाडौं आएको दावी गर्दै आएका छन्।