काठमाडाैं - बिहीबार कोरोनाभाइरसका नयाँ संक्रमित फेला नपरे सँगै संक्रमित सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे स्वास्थय मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयले मंगलबार गरेको प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हाल कोरोना भाइरस संक्रमितको संख्या भने ५७ पुगेकामध्ये १६ जना निको भएर घर फर्किसकेकाे बताएका छन्। त्यस्तै धनगढीमा १ जना,भरतपुरमा १ जना, वीरगञ्जमा ८ जना र विराटनगरमा ३१ जना गरी कुल ४१ जनाको उपचार भइरहेको प्रवक्ता देवकोटाले बताए।
मन्त्रालयकाे तथ्याङ्क अनुसार काेराेना आशंकामा कुल ५८ हजार ८ सय ७१ जनाकाे नमुना परिक्षण गरिएकाे छ। जसमध्ये पिसिआरबाट १२ हजार ११ जनाको परीक्षण भएको हो भने र्यापिड टेस्टबाट ४६ हजार ८ सय ६० जनाको परीक्षण भएको हो।
यस्तै हाल देशभर २३ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन् भने उपत्यकाभित्र ३ जना र उपत्यका बाहिर ७७ जना गरि कुल ८० जना आइसोलेसनमा रहेका छन्।
हालसम्म देशभर देशभर ३ सय १२ जना रेडजोनमा परेका छन् जसमा गत चौबीस घन्टामा २ जना रेड जोनमा परेका हुन्।