१.यी हुन् मन्त्रिपरिषद बैठकका १५ निर्णयहरू
गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयहरु आज सार्वजनिक गरिएको छ। सरकार प्रवक्ता युवराज खतिवडाले बिहीबार पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेका हुन्।
२. संक्रमित सबैकाे स्वास्थ्य अवस्था सामान्य : स्वास्थ्य-मन्त्रालय
बिहीबार कोरोनाभाइरसका नयाँ संक्रमित फेला नपरे सँगै संक्रमित सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे स्वास्थय मन्त्रालयले जनाएकाे छ। मन्त्रालयले मंगलबार गरेको प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हाल कोरोना भाइरस संक्रमितको संख्या भने ५७ पुगेकामध्ये १६ जना निको भएर घर फर्किसकेकाे बताएका छन्।
३.भारतीय क्वारेन्टाइनमा बसेर एक महिनापछि स्वदेश फर्कँदै नेपाली मजदुर
भारतीय क्वारेन्टाइनमा बसेका नेपाली मजदुर आज एक महिनापछि स्वदेश फकिँदैछन्। लकडाउनका कारण सीमा बन्द भएपछि गत चैत दोस्रो सातादेखि भारतको झुलाघाट, धार्चुला र पिथौरागढमा रहेका करिब दुई हजार मजदुर स्वदेश फर्किन लागेका हुन्।
४.गरिबहरुको गुनासो- ‘रहर होइन बाध्यता छ, गिट्टी कुट्ने काम’
मुलुक यतिखेर बन्दाबन्दीमा छ। जिल्लाका अधिकांश मानिस घरबाट बाहिर निस्केका छैनन्। तर नारायण नगरपालिका–६ भुर्तिका ५५ वर्षीया काली सार्की गिट्टी कुट्दै भेटिन्छिन्। उमेर जति बुढो भए पनि उनका कर्मशील हात भने गिट्टीमा कुदिरहेका छन्। छोराछोरीले पालनपोषण गर्ने उमेरमा उनलाई गिट्टी कुट्न रहर नभई बाध्यता रहेको छ।
५. दिग्गज अभिनेता ऋषी कपुरकाे निधन
बलिउडका दिग्गज अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन भएको छ। क्यान्सरसँग लडीरहेका उनको बिहीबार बिहान मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा निधन भएको हो।
उनको स्वास्थ्यमा समस्या आएका कारण बुधबार अस्पताल भर्ना गरिएको थियो। उनका दाजु एवं अभिनेता रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो।
६.सँगै पक्राउ परेकालाई हिरासत, अर्वपतीलाई एसीवाला हस्पिटल !
प्रहरी हिरासतमा रहेका नारायणी मोडर्न पल्सेज इण्डस्ट्रिजका संचालक मोहनलाल चाचानलाई हिरासतबाट झिकेर बयोधा अस्पतालको वतानुकुलीत कक्षमा राखिएको छ। लकडाउनका बेलामा दालको कालोबजारी गरेको आरोपमा बारा प्रहरीले बैशाख १४ गते साँझ चाचानसहित ५ जनालाइ पक्राउ गरेको थियो।पक्राउ परेका अन्यलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेको छ।
७.सांसद यादवले दिए राष्ट्रिय मानव अधिकार आयोगमा अपहरणको उजुरी
जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई ‘अपहरण’ गरेको भन्दै नेकपा सांसदद्धय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्।
८.महामारीको इतिहास : आदिम कालदेखि आधुनिक युगसम्म
पृथ्वीमा प्राणीको उत्पत्ति सँगसँगै वनस्पति, प्राणी, जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) को उत्पत्ति भएको हो। मानिसको उत्पत्ति हुनुभन्दा करोडौं वर्ष पहिले जीवाणु र विषाणुको उत्पत्ति भएको मानिन्छ। पारिस्थितिक वातावरणलाई सन्तुलनमा राख्न वनस्पति, प्राणी, जीवाणु र विषाणुको समान एवं संयोजनकारी भूमिका रहेको हुन्छ।
९.अदालतले छाडेलगत्तै पुन: पक्राउ परे व्यवशायी शुलभ-अग्रवाल
स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक शुलभ अग्रवाल बिहीबार २५ लाख ५० हजार रुपैयाँ बुझाएर छुटेलगत्तै पुन: पक्राउ परेका छन्।सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान गर्नको लागि विभागले आदेश दिएपछि उनलाई पुनः पक्राउ गरेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होविन्द्र बोगटीले बताएका छन्।
१०.गण्डकी-प्रदेश : १५ प्रतिशतले बढ्यो अख्तियारमा उजूरी
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गण्डकी प्रदेश कार्यालयमा गतवर्षको तुलनामा १५ प्रतिशतले बढी उजूरी परेका छन्। पोखरास्थित सो कार्यालयमा यस आर्थिक वर्ष २०७६÷७७ को पछिल्लो नौ महिनामा ७६१ उजूरी परेको छ । यो गत वर्षको भन्दा १५ प्रतिशतले बढी हो। कार्यालयका प्रवक्ता मेघनाथ रिजालका अनुसार सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित २१८ उजूरी परेका छन्।