बेवारिसे बम पड्किँदा रोल्पामा चार बालबालिकाको मृत्यु भएको छ। रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बालबालिकाले बेवारीसे बम खेलाउदा बिष्फोट भएको प्रहरीले जानकारी दिएको छ।
बम बिस्फोट हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ७ बस्ने १४ वर्षीय नोखिराम डाँगी, ११ वर्षकी विमला खत्री, ५ वर्षका विजय खत्री र १३ वर्षका गौरव नेपालीको मृत्यु भएको हो।
घटनास्थलमा अहिले रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली गएको छ। गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको बताएका छन् ।