काठमाडाैं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चर्किरहेको बेला नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी ले नेकपाका शीर्ष नेताहरूसँगको भेटवार्तालाई तीव्रता दिएकी छन्।
यान्छीले शुक्रबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरिन्। कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि चीनले गरेको सहयोगका लागि धन्यवाद दिँदै थप सहयोगका लागि आग्रह गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
प्रचण्डसँगको भेटवार्ता सकिएलगत्तै यान्छी नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेकी थिइन्। त्यस्तै यान्छीले हिजो (बिहिबार) प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेकी थिइन्।