काठमाडौं- नेपालमा थप दुइ जनामा काेराेना पुष्टि भएकाे छ। याे सँगै कुल संक्रमितहरुको संख्या ५९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय पुरुष र नेपालगञ्ज , बाँके निवासि ६० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
उनीहरु दुवै जनालाई आइसोलेसनमा राखी उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएकाे छ।
