नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ नेता माधवकुमार नेपाल लाई भेट्न उनकै निवास कोटेश्वरमा पुगेका छन्। शुक्रबार बस्ने सचिवालय बैठकको पूर्वसन्ध्यामा नेता नेपालसँग प्रचण्डले भेट गरेका हुन्। भेटमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्तावबारे छलफल हुने जनाइएको छ।
यसअघि बुधबार साँझ बसेको सचिवालय बैठकमा नेताहरुले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका थिए। त्यसपछि ओलीले कोरोना भाइरसको महामारी समाधान भएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए।