काठमाडाैं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक दिउँसो ४ बजे प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा बस्ने भएको छ ।
वैशाख १७ गते स्थगित भएको बैठक आज बेलुका ४ बजेका लागि बोलाइएको हाे। बैठकमा पार्टीको आन्तरिक विवाद र पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने नेकपाले जनाएको छ
यसअघि बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायत नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए। भने ओलीले कोरोना संक्रमण नियन्त्रण भएपछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए ।