कोरोना भाइरस (कोभिड–१९)को कारण हालसम्म विश्वभर ५५ जना अले ज्यान गुमाएका छन्। समाचार सङ्कलनका लागि जाने क्रममा उचित स्वास्थ्य सावधानिका पोषाक अभावका कारण कोरोना संक्रमित भएका ५५ जना पत्रकारको मृत्यु भएको प्रेस अभियान (पीईसी) ले जनाएको छ।
उनीहरु सबैको उपचारको क्रममा मृत्यु भएपछि पीईसीले सञ्चारकर्मीहरुलाई काममा लगाउँदा सुरक्षा सतर्कताका न्यूनतम पोषाकको प्रबन्ध गर्न आह्वान समेत गरेको छ।