पाकिस्तानको तल्लो सदन राष्ट्रियसभाका सभामुख असद कैसरमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको पुष्टि भएको छ।
उनले स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको र अहिले घरमै क्वारेन्टाइनमा रहेको जानकारी गराएका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले देशवासीहरूलाई स्वास्थ्यलाभको कामनाका लागि आग्रहसमेत गरेका छन्।
स्थानीय सञ्चारमाध्यमको अनुसार उनका छोरा र छोरीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। पाकिस्तानको सिन्ध प्रान्तका गभर्नरमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।
पाकिस्तानमा हालसम्म कोरोनाको कारण तीन सय ९१ जनाको मृत्यु भएको छ भने १७ हजारभन्दा बढी संक्रमित भएका छन्। संक्रमितमध्ये चार हजार निको भइसकेका छन्।