नेकपा सचिवालय बैठक शनिबार अपरान्ह ५ः३० बजे बस्ने भएको छ। प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय बैठक ५ः ३० बजे बस्ने जानकारी दिएका हु्न्।
वैशाख १७ गते स्थगित भएको बैठक यसअघि चार बजे बस्ने भनिएको थियो। समय परिवर्तनको कारण भने थापाले केही खुलाएका छैनन्। बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। आजै उपाध्यक्ष वामदेव गौतम ओली भेट्न बालुवाटार पुगेका थिए। बैठकमा पार्टीको आन्तरिक विवाद र पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने नेकपाले जनाएको छ।
यसअघि बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायत नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए। भने ओलीले कोरोना संक्रमण नियन्त्रण भएपछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए।