सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। यसअघि बैशाख १७ गते बसेकाे सचिवायल बैठक निश्कर्षमा पुग्न नसकेपछि शनिबारका लागि बाेलाइएकाे थियाे ।
बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समानान्तर कुर्सीको व्यवस्था गरिएको छ। यसअघिका बैठकमा भने प्रचण्ड अरु नेताहरुसँगै बस्ने गरेका थिए। अघिल्लो बैठकमा प्रचण्डले कार्यकारी अध्यक्ष भनिए पनि भूमिका नदिएको गुनासो गरेका थिए।
बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। आजै उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री ओलीसँग भेट्न बालुवाटार पुगेका थिए। त्यस्तै बैठक सुरु हुनु केही बेर अघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेट गर्न शितल निवास पुगेका थिए।