१. बामदेवलाई प्रधानमन्त्री बनाउने बाटो खोल्ने नेकपाको निर्णय, प्रतिनिधि सभाको उम्मेद्वार बनाउने
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभामा पराजित आफ्ना नेतालाई प्रधानमन्त्री बनाउने तयारी शुरु गरेकाे छ । नेकपाले सचिवालय सदस्य बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने बाटो खोल्न उनलाइ प्रतिनिधि सभाकाे उम्मेद्वार बनाउने निर्णय गरेकाे छ । त्यसका लागि गौतमलाई प्रतिनिधि सभामा ल्याउन नेकपा सचिवालयका सदस्यहरु सहमत भएका छन् ।
२. नेकपा स्थायी कमिटि बैठक बैसाख २५ गते, सचिवालय बैठकमा प्रधानमन्त्रीको आत्मालोचना
कुनै बेला निकै लोकप्रिय नेता थिए – डा. बाबुराम भट्टराई। आम जनता र आफ्ना कार्यकर्तामात्र नभई बिरोधी पार्टीका नेता–कार्यकर्ताले समेत उनको खुलेर प्रशंसा गर्थे। उनको पहिचान एउटा ‘‘भिजिनरी’’ नेताको रुपमा बनेको थियो। तर, अहिले अवस्था बदलिएको छ।
३. पछिल्लो २४ घण्टामा भेटिएनन् नयाँ संक्रमित : स्वास्थ्य-मन्त्रालय
पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड—१९) का नयाँ संक्रमित नभेटिएकाे स्वास्थ्य मनत्रालयले जनाएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा भएका १२ सय ५२ वटा नमुना परीक्षण नेगेटिभ आएको बताएका छन्।
४. बाबुरामको लथालिंग राजनीती
कुनै बेला निकै लोकप्रिय नेता थिए – डा. बाबुराम भट्टराई। आम जनता र आफ्ना कार्यकर्तामात्र नभई बिरोधी पार्टीका नेता–कार्यकर्ताले समेत उनको खुलेर प्रशंसा गर्थे। उनको पहिचान एउटा ‘‘भिजिनरी’’ नेताको रुपमा बनेको थियो। तर, अहिले अवस्था बदलिएको छ।
५. अष्ट्रेलिया, चीन र कोरिया उड्दै नेपाल एयरलाइन्स
मुलुकमा जारी लकडाउन तथा अन्तर्रा्ष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले धमाधम अन्तर्रा्ष्ट्रिय गन्तव्यमा चार्टर्ड र कार्गो उडान गरिरहेको छ।
६. हिमपहिरोमा परी मृत्यु भएकाको शव पोखरामा
नेपाली सेनाले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ११ हिङकुकेभ इलाकामा गत माघ ३ गते गएको हिमपहिरोमा परी बेपत्ता भएका दुई जनाको शव आज पोखरा ल्याएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त पहिरोमा हराएकामध्ये भेटिन बाँकी रहेको एक नेपाली र एक कोरियनको शव शुक्रबार फेला परेको हो।
७. चार बालबालिकामा दादुरा सङ्क्रमण
पूर्वी चितवनको राप्ती नगरपालिकामा आगामी मंगलबारदेखि दादुरा रुबेला रोग विरुद्धको खोप सञ्चालन हुने भएको छ। सो नगरपालिकाका चारबालबालिकामा दादुरा सङ्क्रमण देखिएपछि खोप शुरु गर्न लागिएको हो।
८. खाद्य वस्तुमा २० प्रतिशत वृद्धि
बन्दाबन्दीमा प्युठान जिल्लाका ग्रामीण क्षेत्रका दैनिक उपभोग्य खाद्य वस्तुमा मूल्य वृद्धि भएको छ। ग्रामीण क्षेत्रका स्थानीय व्यापारीले विभिन्न कारण देखाई दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि गरेपछि उपभोक्ता मूल्य वृद्धिको चर्को मारमा परेका छन्।
९. सर्वोच्च शिखर सगरमाथामा सञ्चालन भयाे फाइभ जी सेवा
संसारको सबैभन्दा अग्लो शिखर सगरमाथामा फाइभजी नेटवर्क सञ्चालनमा आएकाे छ। चाईना मोबाइल र ह्वावेले संयुक्तरुपमा सगरमाथाको चुचुरोसम्म पाँचौं जेनेरेशनको मोबाइल नेटवर्क- ५जी पुर्याएका हुन्।
१०. कोरोना भाइरसको कारण विश्वभर ५५ जना पत्रकारको मृत्यु
कोरोना भाइरस (कोभिड–१९)को कारण हालसम्म विश्वभर ५५ जना अले ज्यान गुमाएका छन्। समाचार सङ्कलनका लागि जाने क्रममा उचित स्वास्थ्य सावधानिका पोषाक अभावका कारण कोरोना संक्रमित भएका ५५ जना पत्रकारको मृत्यु भएको प्रेस अभियान (पीईसी) ले जनाएको छ।
११. पाकिस्तानका सभामुख कैसर कोरोना भाइरसबाट संक्रमित
पाकिस्तानको तल्लो सदन राष्ट्रियसभाका सभामुख असद कैसरमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको पुष्टि भएको छ। उनले स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको र अहिले घरमै क्वारेन्टाइनमा रहेको जानकारी गराएका छन्।