कोरोना भाइरस निको भई घर फर्किएका एक जना युवक फेरि अस्पताल भर्ना भएका छन्। रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय युवकको पुनः स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई शनिबार बेलुका नै नारायणी अस्पताल ल्याइएको हो।
उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई लिन स्वास्थ्यकर्मीको एक टोली रौतहट गएको थियो। उनी वैशाख १४ गतेमात्रै नारायणी अस्पतालबाट कोरोना मुक्त भएर घर फर्किएका थिए। ती युवकमा वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
नारायणी अस्पतालबाट वीरगञ्जका तीन जना र रौतहटतका ती युवक डिस्चार्ज भएका थिए। ती युवकलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ।