काठमाडौं– चिनियाँ टेक कम्पनी ओप्पो विश्वकै चौथो बेस्ट सेलिङ स्मार्टफोन ब्रान्डका रूपमा चिनिँदै आएकाे छ। पछिल्लाे केहि बर्ष देखि नेपालमा पनि ओप्पो स्मार्टफोनकाे क्रेज बढ्दै आइहेको छ। क्यामेरा फोनको रूपमा आफूलाई अब्बल सावित गरिसकेको ओप्पो विशेषतः युवा वर्गमा लोकप्रिय बनेको छ।
एशियाली बजारमा एप्पल र सामसुङलाई कडा चुनौती दिइरहेको ओप्पोले फेरि अर्काे उत्कृष्ट स्मार्टफोन उपलब्ध गराएकाे छ। नेपाली बजारमा स्मार्ट फोनको प्रतिस्पर्धा चलिरहँदै गर्दा ओप्पोले आफ्नो शक्तिशाली क्यामेरा फिचर भएको ओप्पो एफ फिफ्टिन (OPPO F15) सार्वजनिक गरेकाे हाे। गत बर्षकाे चैत महिनाकाे पहिलाे साता कम्पनीले पहिलो पटक अनलाइन ईभेन्टमार्फत यो स्मार्टफोन नेपालमा सार्वजनिक गरेकाे थियाे।
यो स्मार्टफोन फोटोग्राफी तथा भिडियोग्राफीको लागि अत्यन्तै उत्कृष्ठ मानिएको छ। यसमा ४८ एमपी अल्ट्रा वाइड एंगल म्याक्रो क्वाड क्यामेरा उपलब्ध रहेको छ। यसमा ४८ एमपी रियर क्यामेरा सेन्सर सहितको फोर-ईन-वान (4-IN-1) पिक्सेल कम्बिनेसन प्रविधिको प्रयोग गरिएको छ। जसले कुनै पनि बस्तुको तस्विर स्पष्ट, सफा तथा आकर्षक खिच्न सकिने बताइएको छ।
यसका साथै ओप्पो एफ फिफ्टिनबाट प्रयोगकर्ताले ११९ डिग्री अल्ट्रा वाइड एंगल तथा ३ सेन्टिमिटर म्याक्रो अटोफोकसको प्रयोग गर्दै सहजै रुपमा ठूलो तथा स्पष्ट तस्विरहरु लिन सक्ने छन्। फोनको फ्रन्ट तथा रियर गरी दुबै क्यामेरामा एआई भिडियो ब्यूटिफिकेशन फिचर उपलब्ध गराइएको छ।
नयाँ अल्गोरिदमले हरेक अनुहारका लागि सुहाउँदो प्राकृतिक ब्यूटिफिकेसन एड्जस्टमेन्टका लागि कस्टमाइज्ड एनालाइसिस पनि समावेश छ। यसमा ईलेक्ट्रोनिक इमेज स्टेबलाइजेसन (ईआईएस) समावेश गरिएको छ। जस्ले हल्लिरहेको अवस्था जस्तै हिड्दा, दौडदा तथा सवारी चलाउँदामा समेत स्पष्ट, शार्प र सटिक भिडियो खिच्न सघाउँने कम्पनीले जनाएको छ। यो बाहेक यस फोनमा नाइट प्रोट्रेट मोडपनि उपलब्ध गराएको छ। जसकारण कम प्रकाश भएका स्थानमा समेत आकर्षक पोट्रेट फोटो खिच्न सकिने छ।
निकै आकर्षक डिजाइन भएको ओपो एफ फिफ्टिन ७.९ एमएमको पातलो आकारको छ भने यसको तौल १ सय ७२ ग्राम रहेको छ। यो स्मार्टफोनमा टु बडी रेसियो २०:९ को स्क्रिन रहेको छ। जसकारण यसलाई एक हातमा राखेर सहजै चलाउन सकिने छ। यो स्मार्टफोन यूनिकर्न ह्वाइट र लाइटनिङ ब्ल्याक गरि दूई रंगमा उपलब्ध हुने जनाएको छ।
भिओओसी (VOOC) फ्ल्याश चार्ज ३.० सहितको ओप्पो एफ फिफ्टिन ५ मिनेट चार्ज गरी २ घण्टा सम्म फोनमा कुरा गर्न सकिन्छ भने यसलाई ३० मिनेटमा ५० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ। यसमा ४००० एमएएच पावरको ब्याट्री प्रयोग गरिएको छ।पछिल्लो भिओओसी २.०का तुलनामा यो २६%ले तिब्र रहेकाे छ।
यो स्मार्टफोनमा ८ जीर्बी याम तथा १२८ जीबी रोम रहेको छ। ओप्पो एफ फिफ्टिनमा रहेको इन– डिस्प्ले फिंगरप्रिन्ट फिंगरप्रिन्ट स्क्यानर ३.० अनलक सिस्टमले साधारण टचमा ०.३२ सेकेण्डमै फोनलाई अनलक गर्छ। यसको सेन्सरमा एक एक विशेष फिल्टर प्रयोग गरिएको छ जसले नक्कली फिंगरप्रिन्टहरू सजिलै पहिचान गर्न सक्ने भएकाेले फोनको सेक्यूरीटि सिस्टमलाई अझ बढी बलियो बनेको छ।
नेपाली बजारमा यसको मूल्य ३९ हजार ९ सय ९० रुपैयाँ रहेको छ।