भेनेजुयलाको एक जेलमा झपड हुँदा ४६ जनाको मृत्यु भएको छ। भेनेजुयलाको पश्चिमी राज्य शहर गुआनारी नजिकै रहेको लास लानोज जेलमा याे झडप हुँदा थप ६० जना घाइते भएका छन्। गत शुक्रबार भएको यो घटनाको पुष्टि अधिकारीवादी समुह र विपक्षी सांसदले गरेका हुन्।
भेनेजुयलाकी जेलमन्त्री आइरिस भरेलाले कैदीहरु जेल ताेडेर भाग्ने प्रयास गर्दा यो झडप भएको बताएकी छिन्। उनका अनुसार यो झडपको क्रममा जेलका निर्देशकलाई पनिगोली लागेको छ।
विपक्षी दलका सांसद मारिया बियट्रिज मार्टिनेजले कोरोना भाइरस (कोभिड–१९) को रोकथामको लागि कैदीहरुको परिवारलाई जेलमा भेट्न आउन प्रतिबन्ध लगाइएपछि यो झडप भएको हो। भेनेजुयलामा क्षमताभन्दा धेरै कैदी रहेका छन्। जेल अधिकारीका अनुसार जेलका कैदीहरु खाना–पानीको कमीका कारण आक्रोशित थिए। यसैबिच संयुक्त राष्ट्रसंघले यो घटनाको अनुसन्धानको माग गरेको छ।
गत वर्ष पनि पोर्टुगुएसाकै अर्को जेलमा पनि झडप हुँदा २९ कैदीको मृत्यु भएको थियो ।