काठमाडाैं - नेपालमा थप १० जनामा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको छ। याे सँगै संक्रमितकाे संख्या ६९ पुगेकाे छ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैया टोलका ३६ बर्षिय पुरुषमा र नेपालगञ्जका ९ जनामा कोरोनाको सँक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यो जानकारी दिएका हुन्।नेपालगञ्जका नौजना संक्रमितमध्ये ५ जना पुरुष र ४ जना महिला छन्। स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरुको उमेर ७ देखि ५८ वर्षसम्म छ।
यसअघि एकैदिन उदयपुरमा ११ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको थियो। हालसम्म १६ जना कोरोना निको भएर घर फर्किएका छन्। बाँकी संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेका छन् भने उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।