ओखलढुङ्गा– भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको मोलुङ गाउँपालिका–६ श्रीचौरकी ६१ वर्षीय धनमाया तामाङ घाँस काट्न जाँदा भिरबाट लडेर मृत्यु भएको हो।
आज बिहान भिरबाट लडेकी तामाङलाई उद्धार गरेर स्थानीय पेशला पोलिक्लिनिकमा ल्याइएको र त्यहाँ उपचारका क्रममा मृत्यु भएको स्थानीय युवा शिवकुमार कार्कीले जानकारी दिएका छन्।
प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। मृतकको शव रुम्जाटार अस्पतालबाट शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। रासस