काठमाडाैं- नेपाल विद्यार्थी संघ (नेवि संघ)ले अनलाइन अध्ययनका लागि विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन माग गरेको छ। लकडाउनका समयमा अनलानइन कक्षा सुरु भइरहेको र विद्यार्थीहरुले शुल्क तिरेर अनलाइन अध्ययन गर्ने अवस्था नरहेको भन्दै निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेपाल टेलिकमसँग माग गरेको हो।
नेवि संघले नेपाल टेलिकमका महाप्रबन्धक डिल्लीराम अधिकारीलाई आइतबार ज्ञापनपत्र बुझाउँदै विद्यालय तथा क्यमम्पसहरुसँग विवरण लिएर निःशुल्क इन्टरनेट व्यवस्था गर्न अनुराेध गरेकाे हाे।
कोरोना भाइरसको असर नेपालको शिक्षा क्षेत्रमा समेत पर्ने भएकाले दीर्घकालीन उपाय खोज्नु पर्ने महामन्त्री दीपक भट्टराईको भनाइ छ।