बाँकेकाे नेपालगञ्जमा आइतबार साँझ थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । यससँगै आइतबार एकैदिन भेटिएका संक्रमितकाे संख्या १६ पुगेकाे छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन्। उनले आगामी वैशाख २६ गते शुक्रबार अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन्। नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम राष्ट्रपतिले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सीमानामा अझै कडाइ गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन्। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा भारतमा लकडाउन लम्बिँदै गर्दा अलपत्र परेका नेपालीहरुको विषयमा छलफल हुँदा सीमामा कडाई र लकडाउन नै उपयुक्त उपाय रहेको भन्दै उनले यस्तो निर्णय लिएका हुन्। सरकारले चैत ११ गते देशव्यापी लकडाउन गरेको छ। पछिल्लो समय थपिएको लकडाउनको अवधि वैशाख २५ गते सकिँदैछ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकार एक अर्काका पूरकका रुपमा रहेको बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घद्वारा आज यहाँ आयोजित श्रव्यदृश्य अन्तक्र्रियामा उनले समाजका राम्रा नराम्रा कुराको खबरदारी गर्दै अघि बढिरहेको राज्यको चौथो अङ्गलाई सङ्कुचित गर्ने काम नगर्न सबैलाई आग्रह गरे।अध्यक्ष शर्माले भने, “आँखामा पट्टी बाँध्न, मुख थुन्न सकिए पनि मस्तिष्कमा आउने विचारलाई कसैले रोक्न सक्दैन, राजनेताको तस्वीर र भाषण छाप्ने कि प्रताडितका जनजीवनसँग सम्बन्धित घटनालाई प्राथमिकता दिने भन्ने विषयमा भने पत्रकारिता क्षेत्रले छुट्याउन सक्नुपर्छ।
कोरोनाको सङ्क्रमण हुन नदिन सरकारले जारी राखेको लकडाउनका कारण नेपाल विद्युत्(प्राधिकरणलाई विद्युत् महसुल सङ्कलन गर्न समस्या परेको छ। प्राधिकरणले मासिक रु ६ अर्ब बराबरको महसुल उठाउँदै आएको भए पनि लकडाउनका कारण मासिक रु ६० लाखको हाराहारीमा मात्रै महसुल उठिरहेको छ। कोरोनाको सङ्क्रमण फैलने डरले प्राधिकरणले महसुल सङ्कलन काउण्टर खोलेको छैन। विद्युतीय प्रणालीबाट भुक्तानी हुने महसुलको मात्रा कम भएकाले महसुल सङ्कलन काउण्टर नै खोल्नुपर्ने बाध्यता रहेको छ।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल ले देशको राजनीतिक परिवर्तन तथा आमनागरिकको चेतनास्तर वृद्धिका लागि नेपाली पत्रकारिताले खेलेको भूमिका उल्लेख्य र अविस्मरणीय रहेको बताएका छन्। अन्तर्रा्ष्ट्रिय प्रेस स्वतन्त्रता दिवस को अवसरमा आज एक सन्देश जारी गरी मुख्यमन्त्री पौडेलले प्रेस स्वतन्त्रताप्रति वाग्मती प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।‘भय र पक्षपातरहित पत्रकारिता’ भन्ने मूल नारासहित आज संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ।
सभामुख अग्निप्रसाद सापकोटाले हाल नोभल कोरोना भाइरस ९कोभिड–१९० का कारण उत्पन्न विषम परिस्थितिमा अहोरात्र खटेर सूचना प्रवाहमा निरन्तर खटिरहेका सञ्चारकर्मीप्रति उच्च सम्मान प्रकट गरेका छन्। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विषम अवस्थामा पनि निरन्तर सूचना सङ्कलन गरी सचेतना जगाउने र राज्यका सबै अङ्गलाई झक्झकाइरहने सञ्चारमाध्यम र सञ्चारकर्मीलाई सम्मान व्यक्त गरेका हुन्।
अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नागरिकको सुसूचित हुने अधिकारलाई सहजीकरण गर्ने अधिकार नै प्रेस स्वतन्त्रता भएको उल्लेख गरेका छन्। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै मन्त्री डा खतिवडाले सूचना तथा प्रविधिको क्षेत्रमा काम गर्ने तथा यसको उपयोगकर्ता सबैलाई बधाई दिएका छन्।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसारलाई त्रसित बनाइरहेको कोरोना भाइरसविरुद्ध देशले घोषणा गरेको लडाइँमा डा रुना झा र अन्य चिकित्साकर्मीको योगदानको चिरकालसम्म स्मरण हुने बताएका छन्। आज सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले संयुक्त राष्ट्रसङ्घीय महिला मिसन युएन वुमनले छनोट गरेको कोरोनाविरुद्धको अभियानमा स्वास्थ्य मोर्चाको अग्रपङ्क्ति सम्हाल्ने विश्वका पाँच महिलाभित्र नेपालकी डा रुना झा पनि पर्न सफल भएकामा हार्दिक बधाई ज्ञापन गरे।
भेनेजुयलाको एक जेलमा झपड हुँदा ४६ जनाको मृत्यु भएको छ। भेनेजुयलाको पश्चिमी राज्य शहर गुआनारी नजिकै रहेको लास लानोज जेलमा यो झडप हुँदा थप ६० जना घाइते भएका छन्। गत शुक्रबार भएको यो घटनाको पुष्टि अधिकारीवादी समुह र विपक्षी सांसदले गरेका हुन्।भेनेजुयलाकी जेलमन्त्री आइरिस भरेलाले कैदीहरु जेल तोडेर भाग्ने प्रयास गर्दा यो झडप भएको बताएकी छिन्। उनका अनुसार यो झडपको क्रममा जेलका निर्देशकलाई पनिगोली लागेको छ।
मुस्ताङको थासाङ गाउँपालिकाको वडा नं २ मा पर्छन् सौरु र सिरकुङ गाउँ। कालीगण्डकीले मध्यभागबाट चिरेको मुस्ताङमा यी गाउँहरु दक्षिणतर्फ पर्छन्। मध्यभागबाट बगेको कालीगण्डकीका कारण थासाङको सौरु र सिरकुङलगायत वडा नं ४ र ५ का धेरै गाउँले बर्से्नि क्षति व्यहोर्ने गरेका छन्। गर्मी मौसममा हिउँ पग्लिएर उर्लिन्छ कालीगण्डकी। अक्सर मुस्ताङमा पानी कम पर्छ। जिल्लाको मध्यभाग भएर बग्ने कालीगण्डकीले मुस्ताङलाई दुई भागमा विभाजन गरेको छ। हिउँदमा एक गाउँबाट अर्को गाउँ जान मुस्ताङीलाई समस्या छैन किनकि उनीहरु कालीमा हेलिएर वारपार गर्छन्।