बाँकेकाे नेपालगञ्जमा आइतबार साँझ थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । यससँगै आइतबार एकैदिन भेटिएका संक्रमितकाे संख्या १६ पुगेकाे छ ।
यसअघि आइतबार अपरान्ह नेपालगञ्जमा ९ र वीरगञ्जमा १ जना गरी १० जनामा संक्रमण पुष्टि भएको थियो। त्यसपछि साँझ नेपालगञ्जमा नै थप ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
भेरी अस्पताल, नेपालगञ्जको प्रयोगशालामा गरिएको परिक्षणमा नयाँ संक्रमित भेटिएका हुन्। मन्त्रालयका अनुसार संक्रमितमध्ये ३ जना १६, २१ र ३४ वर्षका पुरुष हुन भने ३ जना ४०, ५५ र ६० वर्षका महिला हुन्।
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले संक्रमित सबैको अवस्थामा सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा भएको जानकारी दिए। यससँगै नेपालमा संक्रमितहरुको संख्या ७५ पुगेको छ। जसमध्ये १६ जना निको भईसकेका छन् भने बाँकीको स्वास्थ्यअवस्था पनि सामान्य छ।