काठमाडाैं - लकडाउनको निरन्तरता र मोडालिटिबारे छलफल गर्न गठित उच्चस्तरीय समितिको बैठक आज बस्दै छ।
दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो।
बैठकमा कोरोना संक्रमणको वर्तमान अवस्था, संभावित जोखिम र लकडाउनले पारेको असरबारे छलफल हुने एक मन्त्रिले जानकारि दिए।
चैत ११ गतेबाट शुरू भएकाे लकडाउनकाे पछिल्लो समय वैशाख २५ गते सकिनेछ।
सरकारले लकडाउनको मोडालिटीबारे केही परिवर्तन ल्याउने यसअघिको तयारी भए पनि नेपालगन्जमा एकै पटक १५ जनामा कोरोनाभाइरस संक्रमण देखिएपछि लकडाउन के गर्ने भन्नेबारे सरकार अज अन्याेलमा छ।