काठमाडाैं - जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले समाजवादी पार्टीका सांसद-डा.-सुरेन्द्र-यादवको अपहरण सम्बन्धी मुद्दा दर्ता गरेको छ।
सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आईजीपी सर्वेन्द्र खनाललाई आरोपित गर्दै अपहरण मुद्दा दर्ता भएको छ। उनले दिएको उजुरी १०४७ नम्बरमा दर्ता भएको छ। अब सरकारी वकिल कार्यालयले अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरलाई पत्राचार गर्ने छ।
सांसद यादवले उक्त घटना छानबिन गर्न माग गर्दै केही दिनअघि राष्ट्रिय मानव अधिकार आयोगमा पनि उजुरी दिएका थिए।। यसअघि महानगरीय प्रहरी परिसर र वकिल कार्यालयले मुद्दा दर्ता गर्न अस्वीकार गरेकाे थियाे।
महोत्तरीस्थित घरमै रहेका डा यादवलाई नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले वैशाख १० गते काठमाडौं ल्याएका थिए।