काठमाडाैं - नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका नयाँ संक्रमित नभेटिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो बताएका हुन्।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३ हजार ६ सय ४० नमुना परीक्षण भएका छन् भने र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ५० हजार ८ सय ४५ नमुना परीक्षण भएका छन्। नेपालमा अहिलेसम्म ७५ जना संक्रमित छन्। जसमा पुरुष ५८ र महिला १७ जना रहेका छन् ।
मन्त्रालयकाे तथ्याङ्क अनुसार १६ जना निको भएर डिस्चार्ज भएका छन् भने अरूकाे विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै अहिले २१ हजार ५ सय २३ जना मुलुकका विभिन्न क्वारेन्टाइनमा रहेका छन् भने उपत्यकामा १ र बाहिर १०५ गरेर १०६ जना आइसोलेसनमा छन्।