काठमाडाैं– मोबाइल फोन कहिलेकाँही असावधानीका कारण कहि कतै छुट्न वा हराउन सक्छ। यस्तो समयमा वैकल्पिक समाधान भनेको गूगल प्रयोग गर्नु हो। जसबाट हराएको मोबाइल फोन सजिलै खोज्न र भेटाउन सकिन्छ। तर यसका लागि हराएको मोबाइल फोनमा इन्टरनेट कनेक्सन (मोबाइल डाटा वा वाइफाई) र लाेकेशन भने अन हुन जरुरी छ।
यदि तपाइँकाे हराएको मोबाइलमा इन्टरनेट कनेक्सन र लाेकेशन अन छ भने तलका उपायहरु अपनाउनुहाेस,
- सबैभन्दा अघि गुगलको होम पेज खोल्नुहोस्।
- त्यहाँ तपाईंको एन्ड्रोइड डिभाइस प्रयोग भएको जिमेल आइडी लगइन गर्नुहोस्।
- त्यसपछि गूगल सर्च बक्समा गएर ‘where is my phone?’ सर्च गर्नुहोस्।
- जब तपाईंले यस्तो सर्च गर्नुहुन्छ, तत्कालै एउटा लोकेशन म्याप खुल्छ।
- यस म्यापमा केही सेकेण्डमा नै आफ्नो मोबाइलको अहिलेको लोकेशन देख्न सक्नुहुन्छ। यदि तपाईंको आसपासमा नजिकै भए त्यसमा फूल भोल्यूममा रिङ बजाउने तथा धेरै टाढा रहेको भए त्यसलाई लक गरिदिने वा त्यसमा भएका सामग्रीहरु डिलेट गर्न अप्सन पनि प्राप्त हुन्छ।
- मोबाइलमा रहेको १५ अंकको इन्टरनेश्सनल मोबाइल इक्युप्मेन्ट आइडेन्टिफिकेसन अर्थात् आएमइआइ नम्बर तपाईले सुरक्षित गर्नु भएको छ भने हराएको मोबाइल खोज्न सहज हुन्छ। यसबाट मोबाइल कहाँ र कसले प्रयोग गरेको छ भन्ने पत्ता लाग्न छ।
- iPhone का प्रयोगकर्ताले iCloud को मद्दतमा हराएको डिभाइस खोज्न सक्दछ।
यसरी खोज्नुहोस्: