१. कोरोना प्रभाव न्यून गर्ने बजेटको तयारीमा सरकार
सरकारले आगामी आर्थिक वर्षको बजेट कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्ने गरी ल्याउने तयारी गरिरहेको जनाएको छ। लकडाउनका कारण राजश्व सङ्कलनमा ठूलो ह्रास आउनुका साथै विप्रेषण पनि अपेक्षित रुपमा नभित्रिएकाले अन्तरराष्ट्रिय सहायता परिचालन गरेर बजेट निर्माणमा सरकार जुटेको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।
२. कोरोना रोकथाममा भएका प्रयास सही दिशामा–उच्चस्तरीय समिति
कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति कोरोना नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरु सफल भएको निष्कर्ष निकालेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको समितिको २२औँ समीक्षात्मक बैठकमा कोरोना नियन्त्रणका सम्बन्धमा समितिले अहिलेसम्म गरेका प्रयासहरु सही दिशामा भएको निष्कर्ष निकालेको हो।
३. पछिल्लो २४ घण्टामा नयाँ संक्रमित भेटिएन : स्वास्थ्य मन्त्रालय
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका नयाँ संक्रमित नभेटिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो बताएका हुन्।
४. नेपाल प्रहरीका २४ एसपीको पदस्थापन
नेपाल प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी उपरिक्षक ९एसपीहरुको पदस्थापना गरेको छ। प्रधान कार्यालयले आज एक सुचना जारी गर्दै यहि बैसाख १८ गते एसपीमा बढुवा भएकाहरुको पदस्थापन गरिएको जानकारी दिएको छ।
५. कोरोना सङ्क्रमणबाट निको भएकाहरुको दिनचर्या फेरिँदै
कोरोना भाइरस सङ्क्रमणबाट निको भएका राज विकको अहिले दिनचर्या फेरिएको छ। कोरोना ‘पोजेटिभ’ भएर अस्पताल भर्ना हुनुभएका विक निको भएर डिस्चार्ज भई ‘होम क्वारेन्टाइन’को बसाइँसमेत पूरा गरेपछि अहिले उनकोे दिनचर्या फेरिएको छ। सोह्र दिनको अस्पतालको आइसोलेशन र थप सात दिन होम क्वारेन्टाइनको बसाइँले केही पट्यार लागे पनि अहिले घरपरिवारका सदस्यलाई काममा सघाउन पाउँदा दैनिकी पनि फेरिएको उनले बताए।
६. सांसद अपहरण प्रकरण : सरकारी वकिल कार्यालयमा उजुरी दर्ता
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले समाजवादी पार्टीका सांसद-डा.-सुरेन्द्र-यादवको अपहरण सम्बन्धी मुद्दा दर्ता गरेको छ।सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आईजीपी सर्वेन्द्र खनाललाई आरोपित गर्दै अपहरण मुद्दा दर्ता भएको छ। उनले दिएको उजुरी १०४७ नम्बरमा दर्ता भएको छ। अब सरकारी वकिल कार्यालयले अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरलाई पत्राचार गर्ने छ।
७. जापानमा आपतकाल थप एक महिना लम्ब्याउने तयारी
जापानी प्रधानमन्त्री सिन्जो आबेले आपतकालको अवधि करिब एक महिना लम्ब्याउने तयारी गरेका छन्। यसअघि यहाँको सरकारले यही मे ६ सम्मका लागि आपतकालको घोषणा गरेको थियो। तर सोमबार यो अवधिलाई लम्ब्याएर कम्तीमा यो महिनाको अन्तिमसम्म पुर्याउने प्रधानमन्त्री आबेले बताएकाे यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन्।
८. बलात्कार प्रयास गरेको आरोपमा पक्राउ
महाराजगञ्ज नगरपालिका वडा नं ५ इटरोलमा एक किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने २६ वर्षीय रवीन्द्र केवट आज पक्राउ परेका छन्। गए राति करीब १२ बजे युवतीका घरमा जबर्जस्ती करणीको प्रयास गरेपछि केवटलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताएका छन्।
९. तारे होटल छ महिना बन्द गरिने
कोभिड–१९ को प्रभावले आगामी छ महिनासम्म तारे होटल बन्द हुने भएका छन्।होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल (हान) का पदाधिकारीको बैठकले वैशाख १ गतेदेखि लागू हुनेगरी ६ महिनाका लागि तारे होटल बन्द गर्ने निर्णय गरेको हो।
१०. लागुऔषधसहित पाँच पक्राउ
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा लागुऔषधसहित आज पाँच जना पक्राउ परेका छन्। प्रहरीले एकैघरका तीनसहित पाँचलाई जिल्लाको रामग्राम नगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय परासीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले रामग्राम–१० को एक घरमा लुकाइराखिएका अवस्थामा ७०० ग्राम गाँजा बरामद गरेको छ।