विराटनगरमा १ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।
विराटनगरको एकीकृत भन्सार जाँच चौकीमा भारतबाट भारतीय ट्रकमा नेपाल प्रवेश गरेको ट्रकका चालक र सहचालकलाई उक्त रकमसहित सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले पक्राउ गरेको हो।
रित्तो ट्रकको पछाडि बोरामा बेरेर कार्टुनमा हाली रकम ल्याएको सशस्त्र प्रहरीले जनाएको छ। रकम कसले के प्रयोजनका लागि ल्याएको हो भन्ने खुलेको छैन।
घटनाबारे थप विवरण आउन बाँकी छ।