सरकारले लकडाउनको अवधि लम्ब्याउने भएकाे छ। कोभिड–१९ सम्बन्धि उच्चस्तरिय समन्वय समितिको मंगलबार बसेको बैठकले भाइरस नियन्त्रणमा सरकारले चालेको कदम सही रहेको ठहर गर्दै लकडाउन लम्ब्याउनुपर्ने निश्कर्ष निकालेको हो ।
नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै संक्रमितको संख्या ८२ पुगेको छ। आज भेरि अस्पताल नेपालगञ्जको प्रयोगशालमा भएको परिक्षणमा थप ७ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल–प्याब्सनले कोरोना भाइरसको रोकथामका लागि जारी बन्दाबन्दीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० एसइई सञ्चालन हुन नसक्ने भएकाले आन्तरिक मूल्याङ्कनलाई आधारमा मान्न आग्रह गरेको छ।सरकारले परीक्षा सञ्चालनको वैकल्पिक उपायहरुबारे विमर्श गरिरहेका बेला प्याब्सनले विसं। २०७६ को परीक्षामा सम्मिलित हुने विद्यार्थीका लागि मात्रै लागू हुने गरी आन्तरिक मूल्याङ्कनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न उपयुक्त हुने जनाएको हो।
स्वास्थ्य मन्त्रालयले मदिरा सेवनले रोगसँग लड्ने क्षमतामा कमी आउनुका साथै कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने जनाएको छ।मन्त्रालयले आज गरेको प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले मदिराको अत्याधिक सेवनका कारण दिमागमा नकारात्मक कुराहरु आउनुका साथै अन्य रोगबाट पनि प्रभावित हुन सकिने भन्दै मदिरा सेवन नगर्न सचेत गराएका हुन्।
सङ्घीय सरकारले कोरोना सङ्क्रमण फैलन सक्ने खतराका दृष्टिले प्रदेश नं। २ का आठ जिल्लालाई अति जोखिमपूर्ण ९रेडजोन० क्षेत्रको सूचीमा राखी लकडाउनलाई अझ बढी प्रभावकारीरुपमा अगाडि बढाएको छ। कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको यो प्रदेशको आठवटै जिल्लामा लकडाउनलाई प्रभावकारीरुपमा लागू गरी सीमा सतर्कता बढाइएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी निरीक्षक तिलक सुनारले बताए। भारतीय सीमासँग जोडिएको प्रदेश नं २ का आठ जिल्लाको लम्बाइ ४२८ किलोमिटर छ। सो क्षेत्रमा ३२९ वटा चेक प्वाइन्ट खडा गरी सीमा क्षेत्रको आउजाउमा व्यापक कडाइ गरिएको छ।
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्सको २०२औँ जन्म दिवसका अवसरमा आज शुुभकामना व्यक्त गरेका छन् अध्यक्ष दाहालले माक्र्स एक हजार वर्षयताकै महान् दार्श्निक रहेको बताउँदै सर्वहारा वर्गले मात्र होइन, उहाँको दर्शन र प्रतिपादित सिद्धान्तलाई पूँजीवादी दुनियाँले पनि मानेको बताएका छन्। उनले महान् दार्श्निक माक्र्सप्रति उच्च सम्मान व्यक्त गर्दै विश्व सर्वहारा वर्ग र उत्पीडित जनसमुदायको मुक्तिका प्रणेताका रूपमा स्मरण गरेका छन्।
सरकारले उद्योग व्यवसाय सञ्चालनका लागि केही खुकुलो बनाउने तयारीका साथ आवश्यक निर्णय गर्ने तयारी थालेको छ। लामो समयसम्म उद्योग व्यवसाय बन्द हुँदा मुलुकको आर्थिक स्वास्थ्यमा नराम्रो असर परेको, श्रमिक तथा उद्योगीलाई समेत ठूलो मार परेकाले केही खुकुलो बनाउने तयारी थालेको हो। आर्थिक क्रियाकलापमा केही खुकुलो बनाउने र विभिन्न तीन तहमा विभाजन गरी आवश्यक निर्णयको तयारीमा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए।
बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ। उनलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पतालमा भर्ना गरिएको थियो। केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको उपचारका क्रममा मृत्यु भएको गोरखा प्यालेस रेष्टुरेन्टका सञ्चालक एवं समाजसेवी सूर्य गुरुङले जानकारी दिएका छन्।
कोरोना महामारीअघि दक्षिण कोरियाबाट बिदा लिएर नेपाल पुगी लकडाउनका कारण नेपालमै अड्किएका नेपाली श्रमिकलाई मे १२ अर्थात् ३० वैशाखमा दक्षिण कोरिया उडाउने तय भएको छ। नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत पहिलो चरणमा २६० जनालाई कोरिया उडाउन लागिएको हो। जसमा भिसा अवधि सकिन लागेका नेपाली श्रमिकलाई प्राथमिकता दिने र बाँकीलाई पालैपालो उडाइनेछ भने चर्टर्ड नै भए पनि नेपाल एयरलाइन्सको विमान पहिलोपटक दक्षिण कोरियामा अवतरण हुनेछ।
नेकपा विप्लव समूहका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा विरही अस्पतालबाटै पक्राउ परेका छन्। चितवनको रत्ननगर वडा नं ५ घर भएका नेता शर्मा र्भयाङबाट लडेपछि पुरानो मेडिकल कलेजमा भर्ना भएका उनी अस्पतालबाटै पक्राउ परेका हुन्। विप्लव समूहको प्रकाशन विभाग प्रमुख रहेका शर्मा अस्पतालको आकस्मिक कक्षमा उपचाररत छन्। सादा पोशाकमा आएका ५ जना प्रहरी उनीसँग रहेको पारिवारिक स्रोतले जनाएको छ।
विराटनगरमा १ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। विराटनगरको एकीकृत भन्सार जाँच चौकीमा भारतबाट भारतीय ट्रकमा नेपाल प्रवेश गरेको ट्रकका चालक र सहचालकलाई उक्त रकमसहित सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले पक्राउ गरेको हो। रित्तो ट्रकको पछाडि बोरामा बेरेर कार्टुनमा हाली रकम ल्याएको सशस्त्र प्रहरीले जनाएको छ। रकम कसले के प्रयोजनका लागि ल्याएको हो भन्ने खुलेको छैन।
इलामको माई नगरपालिका–९ बोरुङमा ठूलो परिमाणमा विष्फोट पदार्थसहित नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज र दुई कार्यकर्ता पक्राउ परेका छन्। नेपाल प्रहरीको विशेष सुराकीका आधार सशस्त्र प्रहरीसमेतको टोलीले सोमबार राति ११ बजे पक्राउ गरेको हो। पक्राउ पर्नेमा सङ्खुवासभा घर भएका इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला, ताप्लेजुङ लिकुखोला घर भएका जनम भनिने २४ वर्षीय पासाङ शेर्पा र उदयपुरका सौरभ भनिने १९ वर्षीय पासाङ तामाङलाई विष्फोटक पदार्थ र त्यसमा लागि प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको इलामका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिएका छन्।