काठमाडाैं - लकडाउन थप्नेबारे निर्णय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक शुरु भएको छ।
कोभिड-१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सिफारिसअनुसार सरकारले लकडाउन थप्ने निर्णय गर्न लागेकाे हाे। स्रोतका अनुसार लकडाउन ७ देखि १० दिनसम्म थप्ने तयारी गरिएको जनाइएको छ।
सकारले गत चैत ११ गतेदेखि लकडाउन लागू गरेको थियो। पछिल्लो पटक थपिएको लकडाउनको म्याद वैशाख २५ गते अर्थात् भोलि (बिहीबार) सकिँदै छ।