काठमाडाैं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (बुधबार) बस्ने भएको छ। बिहीबार बस्ने स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न दिउँसो अपराह्र ३ बजे प्रधानमन्त्री निवास बालुटावारमा सचिवालय बैठक बस्ने भएको हो।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले स्थायी कमिटी बैठकका एजेण्डा प्रस्तुत गर्ने बताइएको छ। सोमबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको छलफलबाट प्रस्ताव तयार पार्ने जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले पाएका थिए।