सरकारी निर्णयहरुमा झन–झन कसिलो बनिरहँदा व्यवहारमा भने खुकुलो भइरहेको छ – लकडाउन। पास वीतरण कार्य रोकीएको छ, सडकमा सवारी गुड्न रोकीएको छैन। कागजमा देश ठप्प छ, सडकमा चलायमान।
एकातिर संक्रमितहरुको संख्या बढीरहेको छ, अर्कातिर सावधानी घटिरहेको छ। संघिय र प्रदेश सरकार मातहतका कार्यालयको दराजमा कोभिड–१९ सम्बन्धी योजना र निर्णयका फाईलहरुको चाङ बढीरहँदा अपेक्षित रुपमा कोरोनाभाइरस परिक्षण भने बढ्न सकेको छैन।
राहत वितरणका तस्विरहरु सामाजिक सञ्जालमा छरपस्ट छन् तर गरिव असहायहरुको चुल्हो मुश्किलले बलिरहेको छ। आफ्ना जनता दानाको लागि तड्पीरहँदा राजनितीक खेलाडीहरु भने आ–आफ्नो ‘‘दुनो सोझ्याउन’’ व्यस्त छन्।
यो सब देख्दा लाग्छ, देश साच्चिकै ‘‘भगवान भरोसा’’ नै चलिरहेको छ।
कति बिरक्तलाग्दो !
नेपाली पब्लिकका लागि सुरज डिजी खनालले वसन्तपुर दरवार क्षेत्रमा सामाजिक दुरी कायम राख्दै खिचेँका केहि तस्विरहरुः