सरकारले जेठ १८ गतेसम्म अन्तर्रा्ष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भारतमा कोरोना संक्रमण बढीरहदाँ सीमा नाकामा पनि थप कडाई गरि आवागमन बन्द गर्ने निर्णय गरेको छ।
त्यस्तै सो बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो। अन्तर्रा्ष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय भएको एक मन्त्रीले बताए। यसअघि यो प्रतिबन्ध जेठ २ सम्म जारी गरिएको थियो।
बैठकले भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने निर्णय समेत गरेको छ।