चौंतारा– वर्षा र हावाहुरीसँगै गएराति परेको चट्याङबाट सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा एक हल गोरुसहित पाँचवटा चौपाया मरेका छन्।
चट्याङबाट वडा नं ४ पाङ्ताङ निवासी छेवाङ तामाङको एउटा गोरु, दुईवटा गाई र निमादोर्जे तामाङको गाई र गोरुसहित पाँचवटा पशु चौपाया घटनास्थलमा मरेको वडा सदस्य लालबहादुर श्रेष्ठले जानकारी दिएका छन्।
वडा सदस्य श्रेष्ठका अनुसार सँगै रहेका तीनवटा गोठमध्ये दुईवटामा चट्याङ परेको थियो। रासस