काठमाडौं- नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। याे सँगै संक्रमितकाे संख्या ९९ पुगेकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पर्साकाे विरगञ्जमा १७ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएकाे बताए ।
बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे । संक्रमितमध्ये एकजना २ महिने शिशुसहित ७ जना महिला र १० जना पुरुष छन्।