काठमाडाैं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएलगत्तै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड फेरि छलफलमा जुटेका छन्।
बिहीबार बस्ने स्थायी कमिटी बैठकका एजेण्डा तय गर्ने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सकिए लगत्तै उनीहरुले छुट्टै छलफल गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।अध्यक्ष ओली र दाहालबीच भोलि पेश गर्ने भनिएको राजनीतिक प्रतिवेदनबारे कुरा नमिलेको स्पष्ट संकेत देखापरको छ।
यसअघि वैशाख २० गते बसेको बैठकले बिहीबारका लागि स्थायी कमिटी बैठकले वैशाख २५ गते अर्थात भोलि स्थायी कमिटी बैठकको मिती तय गरेको थियो। त्यसबारे प्रवक्त श्रेष्ठले दुई अध्यक्षबीच छलफल अझै हुन बाँकी रहेको बताए। बिहीबार बस्ने स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो।
स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले स्थायी कमिटी बैठकका एजेण्डा प्रस्तुत गर्ने जिम्मा पाएका थिए।