काठमाडाैं - कला र सिर्जना मुलुकका अमूल्य सम्पत्ति हो। सम्बन्धित मुलुकको पहिचान त्यहीँको कलाकारिताले जसरी पस्कन, देखाउन र बुझाउन सक्छ। अन्य कुनै चिजवस्तुले सजिलै अथ्र्याउन सक्दैन। मुलुकको सांस्कृतिक सम्पदा र ऐतिहासिक चिज वस्तु कला सिर्जनाले जीवन्त बनाएर राख्छ। एक दशकअघिका सम्पदा र दृश्यले काँचुली फेरिसक्दा त्यो जीवन्त इतिहास सिर्जनामा दुरुस्त हुन्छ। त्यसैले विश्वमै आफ्नो मौलिक पहिचान दिलाउने सशक्त माध्याम कला हो।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ ले समग्र विश्वलाई प्रभावित बनाएको वर्तमान अवस्थामा त्यस्ता सिर्जना यतिबेला फुल्न पाएको छैन। घरभित्रै फुलेका सिर्जना पनि राम्ररी फक्रन पाएन र फक्रिएका सिर्जनाले बासना छर्न पाएन। त्यस्ता सिर्जनामा बासना भरेर अरुलाई सुगन्ध दिने नौलो प्रयोगमा केही नेपाली कलाकार लागेका छन्। अन्तर्रा्ष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङ भित्रभित्रै बसेर क्यान्भासमा सजाइएका तर फैलन नपाएका सिर्जनालाई विश्वभर पु¥याउने प्रयासमा छन्। त्यो पनि ‘भर्चुअल साउण्ड’को माध्यामबाट।
“लकडाउनमा थलिएको नेपाली ललितकलालाई अलिकति भए पनि माथि उठाउने प्रयास ‘भर्चुअल साउण्ड’ हो, हामी सिर्जनालाई अनलाइन प्रदर्शनी गरेर विश्वमाझ पु¥याउने जमर्कोमा छौँ”, अध्यक्ष तथा कलाकार गुरुङ अगाडि थप्छन्, “वर्तमान विषय परिस्थितिबाट गुज्रिएको ललितकलामा यसले अलिकति भए पनि मल्हम लगाउने विश्वास छ।” उनले पहिलो प्रयासलाई सबैबाट हौसला प्राप्त भएको भन्दै खुशी व्यक्त गरेका छन्।
कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन मुलुकलाई लकडाउन गरिएको आज डेढ महिना भइसकेको छ। लकडाउनको समय थप भइसकेको अवस्थामा एकान्तवास कटाउन मानिसलाई हम्मेहम्मे छ। कुची र रङमा रमाउने कलाकारलाई भने लकडाउन समस्याका बीचको वरदान सावित त भयो तर बनाएका सिर्जनाले उचित मूल्य पाउन सकिरहेको छैन। लकडाउनमा कलाकारले रङ्ग्याएको क्यानभासलाई एकीकृत गरेर समसामयिक विषयवस्तुका सिर्जना भर्चुअल साउण्डमा अटाउने छ। विगतका प्रयासले पनि उचित स्थान पाउने छ। समावेश हुने कलाकारका चित्रमा उनीहरुको कल्पना मात्र हुने छैन, अहिलेको वास्तविकता पनि झल्कने गुरुङ बताउँछन्।
हुन त अहिले विश्वभरि नै अनलाइन कक्षा, छलफल र अन्तक्र्रिया जारी छ। विभिन्न अन्तर्रा्ष्ट्रिय भर्चुअल सेमिनार भइरहेकै छ। चित्रकारितामा भने यो प्रयोग नयाँ हो किनकि चित्र भनेको प्रत्यक्ष अवलोकन गरेर बुझ्ने र मनपरेमा खरिद बिक्री पनि हुन्छ। त्यो सम्भव नभए पनि यसलाई भर्चुअल प्रदर्शनी गरेर सिर्जनाको महत्व झल्काउँदै नेपाली सिर्जनालाई विश्वव्यापी बनाउने प्रयास गरिएको हो।
लकडाउनका बेला कलाकारले क्यानभासमा कोरोना भाइरसको जोखिम र रोकथामका सन्देश चित्रकारिताबाटै समुदायलाई दिइरहेका छन्। कतिपय कलाकार रङको नौलो प्रस्तुति दिन अभ्यासरत छन्। फरक–फरक शैलीमा रङ खेलाउँदै अनौठा आकार दिइरहेका छन्। स्वदेश विदेशका दृश्यलाई समेटेर क्यानभास रङ्ग्याइरहेका चित्रकारले पुराना थाँती रहेका काम छोट्याउँदै छन्।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य पनि त्यही अभ्यासलाई जारी राखिरहेका छन्। कुलपति कर्माचार्यले यो बेलामा अनलाइन चित्रकला प्रदर्शनी नौलो अभ्यासको थालनी भएको उल्लेख गरे। यसले ललितकलाको प्रवद्र्धन र प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्छन् उनी। व्यक्तिगत सम्पर्कबाटै हुनसक्ने, ग्यालरी भिजिट गर्न नपर्ने हुँदा फलदायी हुने उनको भनाइ छ। भर्चुअल साउण्डका लागि उनको सन् २०१९ मा बनाएको ‘मोसन १३७’ शीर्षकको सिर्जना सहभागी हुँदैछ।
कुलपति कर्माचार्यलगायत अग्रज कलाकारहरु राधेश्याम मुल्मी, मुकेश मल्ल, आलोक गुरुङ यादवचन्द्र भुर्तेल, बाबुराजा धोइलालगायत सिर्जना सङ्कलन भइसकेको छ। त्यसलाई थ्रिडी श्रव्यदृश्य शैलीमा अनलाइनमार्फत प्रदर्शनी गरिने छ। अहलेसम्म ८० सिर्जना सङ्कलन भइसकेको छ। त्यसबाट छनोट गरेर उत्कृष्ट ५० वटा प्रदर्शनीमा राख्ने योजना छ। केही सिर्जना कोरोना भाइरस र यसले पारेको असर, केही अमूर्त शैली, कुनै समसामयिक, अर्धअर्मूत, फिगरेटिभ आर्ट, तथा दृश्यचित्रहरु यसमा अटाउने छ।
भौगिलकरूपमा प्रदर्शनी सम्भव नभएकाले अनलाइन प्रदर्शनी नयाँ प्रयास हो। जेठको पहिलो साता प्रदर्शनी गर्ने योजनाअनुसार तयारीको काम अन्तिम चरणमा पुगेको जनाइएको छ।रासस