१. जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय
सरकारले लकडाउनकाे अवधि जेठ ५ गतेसम्म गतेसम्म लम्ब्याएकाे छ। मन्त्रिपरिषद्को आज बालुवाटारमा बसेको बैठकले जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हाे।
२. नेकपाभित्र फेरि चर्कियाे शक्ति संघर्ष, स्थायी कमिटी बैठक स्थगित
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे विहिबारका लागि बाेलाइएकाे स्थायी कमिटी बैठक अन्तिम समयमा आएर स्थगित गरिएकाे छ । यसअघि गत बैसाख २० गते बसेकाे सचिवालय बैठकले विहिबार विहान ११ बजे स्थायी कमिटीकाे बैठक राख्ने निर्णय गरेकाे थियाे ।
३. यी हुन शुक्रबारदेखी सञ्चालनमा आउने उद्योगहरु
सरकारले शुक्रबारदेखी ४४ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरिय समितीको सिफारीलाई सदर गर्दै खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगहरु सञ्चालन गर्ने निर्णय गरेको हो।
४. थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ९९ पुग्यो
नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। याे सँगै संक्रमितकाे संख्या ९९ पुगेकाे छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पर्साकाे विरगञ्जमा १७ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएकाे बताए ।
५. अन्तराष्ट्रिय हवाई उडान र सीमा नाका जेठ १८ गतेसम्म बन्द
सरकारले जेठ १८ गतेसम्म अन्तर्रा्ष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भारतमा कोरोना संक्रमण बढीरहदाँ सीमा नाकामा पनि थप कडाई गरि आवागमन बन्द गर्ने निर्णय गरेको छ।
६. बहराइनमा २४५ नेपालीमा कोरोना सङ्क्रमण
नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा हालसम्म २४५ नेपालीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो एक साताको अवधिमा ८८ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यही वैशाख १९ गतेसम्म बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १५७ थियो।
७. उखु-किसानको रकम तत्काल भुक्तानीको व्यवस्था गर्न निर्देशन
प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको बाँकी रहेको भुक्तानी तत्काल उपलब्ध गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।
८. बेइजिङ र सिड्नी उड्दै नेपाल एयरलाइन्स
र्राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को दुई वाइडबडी जहाज आज चीनको बेइजिङ र अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्दैछ। निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन तथा सम्बन्धित मुलुकले आफ्ना नागरिक ल्याउन निगमको वाइडबडी जहाज चार्टर्ड गरेका हुन्।
९. सिर्जनाका ‘भर्चुअल-साउण्ड’
कला र सिर्जना मुलुकका अमूल्य सम्पत्ति हो। सम्बन्धित मुलुकको पहिचान त्यहीँको कलाकारिताले जसरी पस्कन, देखाउन र बुझाउन सक्छ। अन्य कुनै चिजवस्तुले सजिलै अथ्र्याउन सक्दैन। मुलुकको सांस्कृतिक सम्पदा र ऐतिहासिक चिज वस्तु कला सिर्जनाले जीवन्त बनाएर राख्छ।
१०. चीनको वुहान शहरमा खुले विद्यालय
कोरोना भाइरस (कोभिड–१९) सुरु भएको चीनको वुहान शहरमा विद्यालयहरु खुलेका छन्। बुधबारदेखि नौ देखि १२ कक्षासम्मका विद्यार्थीहरु विद्यालय जान थालेका हुन्।