काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहकार्य नपुगेकाले बिहीबार बैठक बस्न नसकेको बताएका छन्।
बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि पुगेका अध्यक्ष प्रचण्डले अब एक–दुई दिनभित्र पार्टीको स्थायी कमिटी बैठक बोलाइने बताए।
आज बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी तय भएको नेकपा स्थायी कमिटीको बैठक बुधबार साँझ स्थगित भएको थियो।