नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सय नाघेको छ । विहिबार थप २ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक सय एक पुगेको छ । संक्रमित दुवै जना कपिलवस्तुका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संसद सचिवालयले बजेट अधिवेशनमा चस्मा, कलम, डायरी र औषधिसमेत लैजान निषेध गरेको छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै चस्मा अनिवार्य लगाउनुपर्ने बताएका थिए। तर शुक्रबार बेलुका अपराह्र ४ बजेदेखिको संसद अधिवेशनमा चश्मा लगाउन नपाइने भनिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहकार्य नपुगेकाले बिहीबार बैठक बस्न नसकेको बताएका छन्।बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि पुगेका अध्यक्ष प्रचण्डले अब एक–दुई दिनभित्र पार्टीको स्थायी कमिटी बैठक बोलाइने बताए।
वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६४औँ बुद्धजयन्तीका अवसरमा पोखरा र आसपासका स्तुपा, विहार एवं गुम्बामा कोरोना भाइरसको जोखिम नहोस् भन्ने कामना गरिएको छ। विगतका वर्षमा भव्यताका साथ बुद्धजयन्ती मनाइने गरिन्थ्यो। यस वर्ष भने कोरोनाको जोखिम हुन नदिन जारी बन्दाबन्दीका कारण सामाजिक दूरी कायम गर्दै कोरोना मुक्तिको कामना गर्दै स्तुपा, विहार तथा गुम्बामा सामान्य पूजा गरिएको हो।
हिमाली जिल्ला म्याग्दीमा एकैदिन दुई डेङ्गु रोगका बिरामी फेला परेका छन्। पछिल्लो सात दिनयता जिल्लामा पाँच डेङ्गुका बिरामी भेटिएका छन्। बेनी नगरपालिका–७ मङ्गलाघाट र मङ्गला गाउँपालिका–१ भरजुलाका एक–एक जनामा बुधबार डेङ्गु पोजेटिभ भेटिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिएका छन्। दुवै पुरुष बिरामीको बेनी अस्पतालमा भर्ना गरेर उपचार शुरु गरिएको छ। मङ्गलाघाटका २८ वर्षीय चार दिनअघि तनहुँबाट आएका थिए।
अत्यावश्यक स्वास्थ्य सामग्री लिन चीनको बेइजिङ गएको नेपाल वायु सेवा निगम ९एयरलाइन्स० को वाइड बडी जहाज काठमाडौं फर्किएको छ। स्वास्थ्य सामग्री लिएर आएको निगमको कार्गो जहाज केहीबेरअघि काठमाडौं अवतरण गरेको विमानस्थलका महाप्रबन्धक केसीले जानकारी दिए।
चीनको दुई वायु सेवा प्रदायक कम्पनीका जहाजले आफ्ना ३६४ नागरिक बोकेर फर्किएका छन्। चीनको एयर चाइना र साउदर्न एयरले चिनियाँ नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश लगेका हुन्। एयर चाइनाले १६२ र चाइना साउदर्नले १८४ यात्रु बोकेर गन्तव्यतर्फ उडेको त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलले जनाएको छ। विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले चीनका दुवै चार्टर्ड उडान केहीबेरअघि गन्तव्यतर्फ उठेको जानकारी दिए।
बलात्कार आरोपमा स्थानीय फतुवा विजयपुर–४ का ५२ वर्षीय टेकबहादुर चौधरी पक्राउ परेका छन्। आफ्नै सहयोगी १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन्। चौधरीले आफ्नै सहयोगी एक बालिकालाई अनैतिक कार्य गरेको लिखित उजुुरी आएपछि मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले जानकारी दिए।
कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक प्रवेश गर्ने सबै नाका आजदेखि बन्द गरिएको छ। काभ्रेपलाञ्चोकसँग जोडिएका सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, भक्तपुर, ललितपुर र मकवानपुर नाकाबाट नागरिकलाई जिल्ला आवतजावतमा पूर्णरूपमा रोक लगाइएको हो।
महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग कपनको संयुक्त टोलीले सिलिन्डरमा कम तौल ग्यास राखी बिक्री गर्ने एक व्यपारीलाई पक्राउ गरेको छ। प्रत्येक ग्यासको सिलिन्डरमा एकदेखि ६ किलोसम्म ग्यास कम राखेर नक्कली सिल गरी कालोबजारी गर्ने कपनको राइनो एडियस इन्टरप्राइजेज नामक ग्यास डिपोका सञ्चालक अमितकुमार श्रेष्ठलाई आज प्रहरीले पक्राउ गरेको हो।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेग र २ भगवतीको पञ्चासेमा बुधबार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट गरेपछि किसान निराश भएका छन्। पाकेर भित्र्याउने बेला भएको गहुँ, जौ, उवालगायत हिउँदे बाली असिनाले चुटेर नष्ट गरेको छ। असिनाले फलफूल, तरकारी र मकैबालीलाई पूर्ण रुपमा क्षति गरेको पञ्चासेका झलक आचार्यले जानकारी दिएका छन्। असिनाले यस क्षेत्रका ९० प्रतिशत खाद्यान्नबाली नष्ट गरेको छ।