नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक सय नाघेको छ । विहिबार थप २ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक सय एक पुगेको छ ।
संक्रमित दुवै जना कपिलवस्तुका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । उनका अनुसार, अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका संक्रमितहरुको अवस्था सामान्य छ ।
नेपालमा हालसम्म संक्रमित भएका मध्ये २२ जना निकाे भएर घर फर्किसकेका छन् । अन्य संक्रमितहरुको विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ । उपचाररत सबैकाे अवस्था सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ ।