काठमाडौं– बजेट अधिवेशनलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसहित नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरुबीच ९ बजेदेखि ११ बजेसम्म छलफल भएको थियो। महासचिव विष्णु पौडेल संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी लगायत बालुवाटार पुगेका पुगेका थिए।
संसद बैठक सुरु हुनुअघि संसदीय दलको बैठक बस्ने परम्परा अनुसार नेताहरु बालुवटार पुगेर छलफल गरेका हुन्। कोरोना भाइरसको कारण सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले औपचारिक रुपमा संसदीय दलको बैठक बस्न सकेन। त्यसैले उनीहरुले बालुवाटारमै पुगेर छलफल गरेकाे उपनेता नेम्वाङले बताए।
प्रधानमन्त्रीसँग नेताहरुले संसद बैठक र बजेटका बारेमा छलफल गरेका थिए। नेताहरुसँगको छलफलपछि पार्टीका अध्यक्षद्वय ओली र प्रचण्डबीचपनि छुट्टै छलफल भएको थियो।
संसद सचिवालयका अनुसार बजेट अधिवेशन दिउँसो ४ बजे सुरु हुनेछ।