काठमाडौं– संघीय-संसदको बजेट अधिवेशन सुरु भएको छ। शुक्रबार दिउँसो ४ बजे प्रतिनिधिसभा र राट्रियसभाको बैठक बसेको हो।
कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन गरे पनि विशेष सावधानी अपनाएर संसद बैठक बसेको छ।
जेठ १५ गते वजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि नीति तथा कार्यक्रम पारित र प्रिबजेट छलफल गर्नुपर्ने बाध्यताका कारण लकडाउनकै बीच संघीय संसदको अधिवेशन बोलाइएको हो।