काठमाडाैं - नेपालमा शुक्रबार थप एक जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या १ सय २ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाकाले शुक्रबार भेरी अञ्चल अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणमा नेपालगञ्जमा थप एक जनामा कोरोना पोजेटिभ देखिएको बताएका हुन्।
देबकाेटाका अनुसार १६ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हाे। संक्रमितमध्ये ७४ जना पुरुष र २८ जना महिला रहेकाे मन्त्रालयले जनाएकाे छ। संक्रमित मध्ये ३० जनाको उपचारपछि निको भएको छ।
त्यस्तै एक सय ३५ जना आइसोलेसनमा रहेका पनि प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।