काठमाडौं - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। कुर्सीमा बसेर सत्ताको प्रयोग गर्दैमा काेही ठूलो नहुने भन्दै उनले प्रधानमन्त्री ओलीकाे राजीनामा माग गरेका हुन्।
प्रतिनिधि सभाकाे शुक्रबारकाे बैठकमा उनले जीर्ण शरीरलाई आराम दिन प्रधानमन्त्री ओलीलाई आग्रह समेत गरे ।
उनले भने, "सांसद अपहरण जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीसमेत मुछिनु दुःखद कुरा हो। प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ पुस्तालाई मुलुक चलाउन छोडिदिनु पर्छ।"