काठमाडाैं - उदयपुरमा थप ७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। याे संगै नेपालमा संक्रमितकाे संख्या १०९ पुगेकाे छ।
शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पताल, विराटनगरको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नयाँ सात जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
संक्रमितहरुमा उदयपुर भुल्के निवासी १८, ४५, ६५ वर्षका महिलाहरु, कपिलवस्तु निवासी १७, १८ र १८ वर्षका पुरुषहरु, पर्सा छपकैया निवासी ६२ वर्षका पुरुष हुन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।