काठमाडाैं - कोरोना भाइरसको आशंकामा हालसम्म ७२ हजार २ सय ३९ जनाको नमुना परीक्षण भएकाे छ। तिमध्ये १६ हजार ३ सय ९ को पिसीआर प्रविधिबाट र ५५ हजार ९ सय ३० जनाको आरडिटीबाट परिक्षण भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लाे २४ घण्टामा १ हजार ७ सय ४२ को नमुना परीक्षण गरिएको जानकारी दिए।
मन्त्रालयकाे तथ्याङ्क अनुसार, अहिले १४ हजार ५ सय ९२ जना मुलुकका विभिन्न क्वारेन्टाइनमा रहेका छन् भने उपत्यका भित्र २ र बाहिर १ सय ४१ गरी कुल १ सय ४३ जना अस्पतालको आईसोलेसनमा छन्।
यसैगरी विभिन्न अस्पतालमा उपचाररत संक्रमितकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका अनुसार शनिवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा थप सात जनामा कोरोना पोजेटिभ देखिएको छ।
संक्रमितहरुमा उदयपुर भुल्के निवासी १८, ४५, ६५ वर्षका महिलाहरु, कपिलवस्तु निवासी १७, १८ र १८ वर्षका पुरुषहरु, पर्सा छपकैया निवासी ६२ वर्षका पुरुष हुन्।