उदयपुरमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै नेपालमा संक्रमितको संख्या १०९ पुगेको छ। शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पताल, विराटनगरको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नयाँ सात जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाली भूमिमा भारतले सडक बनाएको भन्दै त्यसको विरोधमा काठमाडाैंस्थित भारतीय दूतावास अगाडि प्रदर्शनमा उत्रिएका ३३ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ। लकडाउन उल्लङ्घन गरेकाले उनीहरुलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिएका छन्। विद्यार्थी राष्ट्रिय झण्डासहित प्लेकार्ड बोकेर सो दूतावास अगाडि प्रदर्शन गर्न पुगेका थिए।
सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने चार चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ। महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उनीहरुलाई आइतबार अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने जानकारी दिए।
संयुक्त अरब इमिरेट्स (यूएई) मा एकै दिन सफाइ कम्पनीमा कार्यरत ६१ महिला कामदारमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जसमध्ये २२ जना नेपाली महिला कामदारमा रहेका छन्। कम्पनीमा १०० हाराहारीमा नेपाली महिला कामदार कार्यरत छन्। जो त्यहाँ स्कुल, कलेज, बैंकलगायत विभिन्न कार्यालयमा हाउस किपिङको काम गर्छन्।
कोरोना भाइरसको आशंकामा हालसम्म ७२ हजार २ सय ३९ जनामा जनाको नमुना परीक्षण भएको छ। तिमध्ये १६ हजार ३ सय ९ को पिसीआर प्रविधिबाट र ५५ हजार ९ सय ३० जनाको आरडिटीबाट परिएक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४२ को नमुना परीक्षण गरिएको जानकारी दिए।
विश्व नै कोरोना भाइरसबाट प्रभावित छ। मानिसहरुमा यसको क्रास बढेको छ। त्रास बढेकै कारण उनीहरुले अमानवीय व्यवहारसमेत देखाउने गरेका छन्। अहिले भोजपुरमा कोरोनाको उपचारमा खटेका चिकित्सक र एम्बुलेन्स चालकले बाससमेत पाउन छाडेका छन्। कोरोनाको आशङ्कामा बिरामीलाई बोकेर अस्पतालमा पु¥याएको थाहा पाएमा बास बस्न त के पानीसमेत खान नपाउने अवस्था बनेको एम्बुलेन्स चालकहरुको भनाइ छ।
देवघाटमा राति दाहसंस्कार गर्न रोक लगाइएको छ। देवघाट क्षेत्र विकास समितिले राति १० बजेदेखि बिहान ४ बजेसम्म दाहसंस्कारमा रोक लगाएको हो। देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार धार्मिक मान्यताअनुसार रातको समयमा अन्त्येष्टि राम्रो नमानिने र व्यवस्थापनसमेत कठिन हुने भएकाले रातको समयमा अन्त्येष्टि रोकिएको हो।
चीनको चाङ्साबाट स्वास्थ्य सामग्री ल्याउन नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइडबडी जहाज त्यसतर्फ उडेको छ। निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि चाङ्शा उडेको विमानस्थलले जनाएको छ। चाङ्साबाट स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज गन्तव्यतर्फ गएको निगमका प्रवक्ता अर्चना खड्काले बताएका छन्। निजी क्षेत्रका व्यवसायीले स्वास्थ्य सामग्री ल्याउन निगमको जहाज कार्गो चार्टर्ड गरेका हुन्।
डिभिजन वन कार्यालयका प्रमुख जयमंगल प्रसादलाई घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको छ। टोलीले कार्यालय परिसरबाट नै रु एक लाखसहित उनलाई पक्राउ गरेको हो । अभियुक्तलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि काठमाडौंँ लगिएको वन कार्यालयका सूचना अधिकारी लोकनाथ न्यौपानेले जानकारी दिए।
कोरोना संक्रमणको आशंकामा हालसम्म बर्दियामा दुई हजार ३४५ जनाको नमूना परीक्षण गरिएको छ। एक सय ९२ जनाको पिसिआर विधिबाट नमूना परीक्षण गरिएको छ। एक सय ८२ जनाको स्वाब संकलन गरी भेरी अस्पताल नेपालगञ्ज पठाइएकामा १७० जनाको रिपोर्ट नेगेटिभ आएको छ। बाह्र जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिएका छन्।
नियमितरूपमा पूर्ण क्षमतामा काम हुन पाएको भए राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम करिब सम्पन्न हुने अवस्थामा पुग्ने थियो। कोरोनाको सङ्क्रमण हुन नदिन सरकारले लकडाउन घोषणा गरेपछि आयोजनाको काम केही समय प्रभावित भयो । एकाध दिन रोकिए पनि आयोजनाले सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अपनाएर काम चालू नै राखिएको छ। लकडाउनले नागरिक घरभित्र छन्। मुलुकमा आर्थिक गतिविधि ठप्प प्रायः छ।