काठमाडौँ, २ माघ– नायिका आना शर्मा अहिले प्रेममा रमाइरहेकी छन्। उनको समय चलचित्रलाई कम र प्रेममा बढी रहेको हो की भन्ने आभाष चलचित्र क्षेत्रले गरेको छ।
उनले अभिनय गरेको चलचित्र ‘द म्यान फ्रम काठमाण्डौ’ रिलिजको क्रममा छ। योबाहेक उनले अरु चलचित्रमा काम गरेकी छैनन्। आना सोनम शेर्पाको प्रेममा छिन्। सोनमसँग केही समययता प्रेममा रमाएकी आना उनको सफलतामा साथ पनि दिइरहेकी छिन्।
आना शर्माले प्रेम दिवसको दिन एउटा तस्बिर पोष्ट गरेकी छिन्। उनले पोष्ट गरेको तस्बिरमा उनी र उनका प्रेमी एक अर्कामा माया साटिरहेको देख्न सकिन्छ। आनाले लेखेकी छिन् -‘प्रत्येक दिन प्रेमदिवसको महशुस हुन्छ।’ उनले आफू सोनमको प्रेममा सधै नै प्रेमको महशुस गर्ने बताएकी छिन्।